२९ असार,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले केहिबेरमा देशबाशीको नाममा सम्बोधन गर्ने भएका छन् ।
सर्वोच्च अदालतले काँग्रेस सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै प्रधानमन्त्री ओलीले मार्ग प्रशस्त गर्न सम्बोधन पस्चात् बालुवाटार छाड्न लागेका हुन्।
प्रधानमन्त्री ओलीले फैसला तथा अहिलेसम्म सरकारका गरेका काम तथा आगामी विषयमा समेत आफ्नो धारणा देशवासीका नाममा राख्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । थापाका अनुसार सम्बोधनको तयारी भए पनि कति बजे भन्नेबारे भने तय भएको छैन ।
उता नेकपा एमालेले सर्वोच्चको फैसला कानूनी र संवैधानिक नभई राजनीतिक ढंगले आए पनि त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको निश्कर्ष सार्वजनिक गरिसकेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar