२९ असार,काठमाण्डौ – नेकपा एमाले ओली समुहको अनेरास्ववियुले आकस्मिक बृहत कार्यकर्ता भेला डाकेको छ ।
आज मंगलबार दिउँसो १ बजे राजधानीको त्रिचन्द्र क्याम्पसमा बृहत कार्यकर्ता भेला डाकिएको अनेरास्ववियुका नेताहरुले जनाएका छन् । हिजो सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओली र राष्ट्रपतीद्धारा गरिएको प्रतिनिधीसभा बिघटनलाई बदर गरी नयाँ प्रधानमन्त्रमिा काँग्रेस सभापति शेर बहादुर देउवालाई नियुक्ती गर्ने परमाधेस दिएको फैसलाको बिरोधमा अनेरास्ववियुले आकस्मिक बृहत कार्यकर्ता भेला बोलाएको हो ।
स्रोतका अनुसार फैसलाको बिरोधमा देशव्यापी रुपमा आन्दोलन चर्काउन लागिएको छ । अनेरास्ववियुका अध्यक्ष ऐन महरले काठमाण्डौ उपत्यकामा क्रियाशील अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई उपस्थितिको लागि अनुरोधसमेत गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar