२८ असार,काठमाण्डौ – पाँच दलीय गठबन्धनको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।
आज सोमबार कोटेश्वरमा बसेको गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्ने र प्रारम्भिक चरणमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय गरेको हो ।
गठबन्धनको बेठकले मन्त्रालय बाँडफाँटको विषयमा भने थप छलफल गर्ने भएको छ। मन्त्रीमण्डल गठन र मन्त्रालयको बाँडफाँटको विषयमा निर्णय गर्न मंगलबार गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने जनाइएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै माओवादी केन्द्रका नेता देव गुरुङले संसद पुनस्थापनाको पक्षमा रहेका सबैलाई समेटेर अधिकतम सहमति कायम गरेर अगाडि बढ्ने विषयमा सल्लाह भएको पनि बताए । नेता गुरुङले पावर सेयरिङबारे पनि छलफल सुरु भएको जानकारी दिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar