२८ असार,काठमाण्डौ – नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले विपक्षी गठबन्धनबाट आफू बाहिरिएको बताएका छन् ।
विपक्षी ५ राजनीतिक दलको नेपाल निवासमा बसेको बैठकमा नेपालले अब गठबन्धनमा आफू नरहेको बताएका हुन् । वरिष्ठ नेता नेपालले परिस्थिति बद्लिएको र एमालेमा एकताको वातावरण बनेकाले गठबन्धनमा आफू नरहने नेपालले बैठकमा बताएको एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।
उनले अहिलेसम्मको अवस्थामा सहकार्य भएको र त्यसैको परिणामस्वरुप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने अवस्था सिर्जना भएको बताएका थिए। उनले देउवालाई सरकारमा गएर एकलौटी ढंगले नचल्न सुझाव दिएका छन् । आफूले विपक्षी गठबन्धनलाई धोका नदिएर बद्लिएको परिस्थिति अनुसार चलेको नेपालको भनाइ थियो ।
‘विभाजित अवस्थामा थियो हाम्रो पार्टी अहिले मिल्ने अवस्थामा पुगेको छ। म सधैँ लोकतन्त्रको पक्षमा छु। शेरबहादुर देउवा प्रधानमन्त्री हुने भएकाले जनताका समस्या समाधान गर्नुस्। एकलौटी ढंगले नचल्नुस्। हाम्रो पार्टीसँग पनि सरसल्लाह गरेर अलि फराकिलो ढंगले सरकार बनाउनुस्। एकलौटी ढंगले चल्ने कुराको म जहिले विपक्षमा छु भन्नुभयो,’ नेपाललाई उदृत गर्दै पन्तले भने।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar