२८ असार,काठमाण्डौ – नेकपा एमालेको स्थाई कमिटी बैठक र विपक्षी गठबन्धनको बैठक एकै समयमा बस्ने भएपछी नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई आपत आईलागेको छ ।
सर्वोच्च अदालतको फैसलापछि भावी रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक केहिबेरमा कोटेश्वरस्थित नेपालकै निवासमा बस्दैछ । त्यस्तै सोहि समयमै पार्टी स्थाई कमिटीको बैठकपनी प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्न लागेपछी नेता नेपालमाथी आपत आईलागेको हो । उता बैठकका लागी नेता नेपालको निवासमा अहिले विपक्षी गठबन्धनका नेताहरुको आउनेक्रम जारी छ ।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा छन् । एमाले एकताका लागि १० बुँदे सहमति भएको भोलिपल्टै नेता नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो ।
एमालेले यसअघि नै सोही समयमा स्थायी कमिटी बैठक बोलाइसकेको छ । नेता नेपालले आफूहरू स्थायी कमिटी बैठकमा सहभागी नहुने बताएका छन् । नेपाल पक्षका केही नेताहरू भने बैठकमा सहभागी हुने सम्भावना छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar