२७ असार,काठमाण्डौ – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) बाँडफाँडको समय र स्थान तय भएको छ ।
आईपीओकाे बाँडफाँड भाेलि साेमबार बिहान ९:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यलयमा गरिने भएकाे क्यापिटलले जनाएको छ । आईपीओको प्रि-अलटमेन्ट शुक्रबार सम्पन्न भएकाे थियाे । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे ।
अन्तिम दिनसम्म कम्पनीको आईपिओमा २० लाख ३६ हजार २४५ जना आवेदकबाट २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन परेको थियाे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ ।
अन्तिम तथ्यांकलाई हेर्दा ग्राेलाप्रथाबाट वितरण गर्दा उक्त कम्पनीको आईपिओ भाग्यमानी ३६ हजार ३४५ जना आवेदकहरुले मात्र पाउनेछन् भने १९ लाख ९९ हजार ९०० आवेदकको हात खाली हुने निश्चित छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar