२७ असार,काठमाण्डौ – निर्वाचन आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ ।
गत असार २३ गते पुर्व माओवादी तथा नेकपा एमाले नेता टोपबहादुर रायमाझी, प्रभु साहलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र अवैधानिक भन्दै दिएको निवेदन निर्वाचन आयोगले आज खारेज गरिदिएको हो ।
त्यसैगरी, अर्का निवेदक भविसोर पराजुलीले असार २५ गते माओवादी केन्द्रको लेटरप्याड प्रयोग गरेर निर्वाचन आयोगमा दिएको अर्को निवदेन पनि आयोगले खारेज गरिदिएको छ । आयोगले त्यसरी अन्य दलको लेटरप्याडको दुरुपयोग नगर्नसमेत पराजुलीलाई सचेत गराउने निर्णयसमेत गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु सगुनसमशेर जबरा, जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त बैठकले आइतबार प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेको निर्णय गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar