२७ असार,पोखरा – नेकपा एमालेको बिरोधपछी गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ ।
बजेटको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध जनाए पछि बैठक अहिले दिउँसो १ बजेसम्मलाई स्थगित भएको हो ।
सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गर्न साथ एमाले सांसदहरू उठेर विरोध जनाएपछि सभामुखले एमाले सांसद रामशरण बस्नेतलाई बोल्न समय दिएका थिए ।
त्यसपछि बस्नेतले नयाँ सरकारले बजेट रकमान्तर गरेको र पुराना काम सकिएका योजनाको भुक्तानी रोकेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताए । सांसद बस्नेतले सरकारले पोखराको एउटै वडामा करोडौँ रुपैयाँ विनियोजन गरिएको भन्दै कानुन अनुसार बजेट विनियोजन ठिक नभएको जिकिर गरे ।
उनले सरकार कति रकम रकमान्तर गरेको हो भन्ने बारे नखुलाएको र के आधारमा योजना छनोट गरिएका हुन् भन्ने बारेमा समेत सरकार मौन रहेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताए । त्यसपछि सभामुखले संसद् १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar