२७ असार,काठमाण्डौ – नेकपा एमालेको एकताका लागि कार्यदलले तयार पारेको मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै माधव नेपालले असन्तुष्टि जनाएका छन् ।
हिजो शनिबार कार्यदलले तयार पारेको मस्यौदामाथि सहमति जुटाउन नेपाल पक्षका कार्यदल सदस्यहरु आज आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेपछी कार्यदलले तयार पारेको मस्यौदामा सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै नेपालले असन्तुष्टि जनाउदै मस्यौदा पत्र फिर्ता पठाइदिएका हुन् ।
नेता नेपालले मस्यौदामा रहेको एक शब्दावलीमा असहमति जनाएपछि उनीहरु सिंहदरबार फर्किएका छन् । अहिले सिंहदरबारमा कार्यदलको बैठक बसिरहेको छ । अदालतलाई प्रभावित बनाउने वा हस्ताक्षर फिर्ता गर्ने दुबै सर्त आफूले नमान्ने नेता नेपालले यसअघि नै बताउँदै आएका थिए ।
सिंहदरबार बैठकमा सहभागी कार्यदलका एक सदस्यले भने, ‘नेता नेपालले शब्दावली सच्याउन भन्नुभएको छ, हामी त्यसमाथि छलफल गरेर टुंगोमा पुग्छौं ।’ एमाले वरिष्ठ नेता नेपालको भनाइ उदृद्ध गर्दै कार्यदलका सदस्यले भने, ‘मेरो अडान क्लियर छ, त्यो भन्दा यताउता भएमा सहमत हुन सकिन्न ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar