२७ असार,काठमाण्डौ – बिहान ८ बजे बस्ने भनिएको नेकपा एमाले कार्यदलको बैठक अझै सुरुहुन सकेको छैन ।
सिंहदरबारमा विहान ८ बजे बैठक बस्ने भनिएपनि वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष अहिलेसम्म बैठक कक्षमा नजाँदा ९ बजेसम्म पनि बैठक सुरु हुन नसकेको हो ।
अध्यक्ष केपी शर्मा ओली पक्ष सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगिसकेको छ । तर वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष अहिलेसम्म सिंहदरबार गएको छैन । उनीहरु नेता नेपालसँग उनको कोटेश्वरमा विहान ८ बजेदेखि छलफलमा छन् ।
ओली पक्ष नेपाल पक्षका कार्यदलका सदस्यको पखाईमा छ । शनिबार बसेको कार्यदलको बैठकपछि नेताहरु आज विहान बस्ने बैठकले सहमतिको मस्यौदा सार्वजनिक गर्ने बताएका थिए । केही प्राविधिक कुरा मात्र सहमति हुन बाँकी रहेको भन्दै आजको बैठकले त्यसलाई टुंग्याउने उनीहरुको भनाइ थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar