२७ असार,सिरहा – असार मसान्तको अन्तिम भोज भन्दै नापी कार्यालय सिरहाका कर्मचारीहरुले कार्यालय समयमै कार्यालय कक्षमै दारु पार्टी गरेका छन् ।
नापीका कर्मचारी सरोज कुमार मण्डलले फेसबुकमा असारे मैझारे बुझाउने अन्तिम अषाढ मसान्तको भोजको एक दृश्य भन्दै सरकारी कार्यालय भित्रै दारु पार्टि गरेको फोटो फेसबुकमा पोस्ट्याएपछि उक्त विषय सामाजिक संजालमा भाईरल बनेको हो ।
सो तस्बिरलाई लिएर आलोचना भएपछि छानबिनको लागि प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले छानबिनका लागि इलाका प्रशासन लहानलाई निर्देशन दिएका छन । फोटोमा अफिसभित्र दुई टेवल जोडेर ग्रीन सिग्नेचर रक्सिको बोतल समाउँदै गरेको देखिन्छ ।
कार्यालयभित्रै दारू पाटीको तस्वीर पोस्ट्याएको केही घन्टापछि उनले उक्त फोटो भने हटाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar