२५ असार,काठमाण्डौ – मन्त्रिपरिषद्ले प्रहरीका नायव महानिरीक्षक सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
बढुवा समितिले असार १४ मा थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बिहीबार बसको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिको सिफारिसलाई सदर गरेको हो ।
एआईजीमा बढुवा भएका थापाले प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । हालका आईजिपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् । उनको अवकाश पछि नियुक्त हुने महानिरीक्षकमा पोखरेलसँग र थापाले प्रतिस्पर्धा गर्न पाउनेछन् ।
०७७ कात्तिकमा एमाले नेता ईश्वर पोखरेलको दबाबमा विश्वराज पाेखरेललाई भावी महानिरीक्षकको एक्ला दाबेदार बनाउँदै बढुवा गरिएको थियो । तर, थापाको बढुवासँगै एकल प्रतिस्पर्धाको अन्त्य भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar