२४ असार,तनहुँ – तनहुँको ऋषिङ गाउँपालिका – ७ डढीवनमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले पुरिएर आज बिहान ती महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ५२ वर्षीया देवीसरा थापा रहेको वडा सदस्य याम सारुमगरले जानकारी दिए ।
घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उनको मृत्यु भएको हो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल हुनुभएको छ ।“घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गड्यो, चप्पल टिप्न खोज्दा पहिरोले पुर्यो,” उनले भने, “मृतकको शव निकाल्न सकिएको छैन ।”
पहिरोले पुरिएर आज नै ऋषिङ गाउँपालिका – ८ स्थित माझकोटका करीब ४० वर्षीय खुमबहादुर थापा बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी छ । पहिरोले डढीवनमा तीन घर क्षतिग्रस्त भएको र थुप्रै घर जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाका सभापति इन्द्र आलेले जानकारी दिए ।
उनका अनुसार ऋषिङ – ५ राम्जाकोटमा एक घर क्षतिग्रस्त र दुई घर जोखिममा परेको भने ऋषिङ – ६ मा दुई घर र केही गोठ जोखिममा छन् ।
त्यस्तै ऋषिङ–४ का वडा सदस्य टोलनाथ थापाको घर र पद्मयोति विद्यालय भवन जोखिममा परेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डीका पौडेलले वर्षासँगै आएको पहिरोले गाउँपालिकाभित्रका थुप्रै ठाउँमा पहिरो गएका छन् भने बाटो अवरुद्ध भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar