२४ असार,काठमाण्डौ – साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ ।
यस साता पहिलाे दिन देखिनै सेयर बजार निरन्तर घटिरहेकाे थियाे । सेयर बजार घट्दा लगानीकर्ताहरू पर्ख र हेरकाे अवस्थाकाे देखिएका थिए । फेरि सेयर बजारमा हरियाली देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन् ।
नेप्से परिसूचक बढ्दा पनि काराेबार रकम भने लयमा फर्किन सकेकाे छैन । केही समय अघि दैनिक १५ देखि १७ अर्बसम्मकाे काराेबार हुने गरेकाेमा आजकाल औषतमा जम्मा ४ देखि ५ अर्बकाे मात्र काराेबार भइरहेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.७६ अंकले बढेर २८२४.८९ मा पुगेकाे छ । नेप्से ०.८५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.४१ अंकले बढेर ५२९.६६ मा पुगेको छ ।
कूल २२३ वटा कम्पनीकाे एक करोड ३१ लाख ४३ हजार २ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २ सय ९४ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar