२४ असार,दैलेख – कोरोना भाइरस सङ्क्रमणबाट दैलेखमा वडा सदस्यको मृत्यु भएको छ ।
आज बिहिबार बिहान दैलेखको डुङेश्वर गाउँपालिका – २ का वडा सदस्य तेजबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना भाइरस सङ्क्रमण भएपछि वडा सदस्य थापाको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको अस्पतालका सुपरिन्टेन्डेन्ट प्रकाश थापाले बताए ।
यस्तै दैलेख जिल्ला अस्पतालमा मङ्गलबार नेपाली कांग्रेस दैलेखका पूर्व पार्टी सभापति जगतजंग थापाको पनि मृत्यु भएको थियो । जिल्लामा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जिल्ला अस्पताल दैलेखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार हाल जिल्ला अस्पतालको आइसोलेसनमा १४ जनाको उपचार भइरहेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ छ । जिल्लामा गत महिना मृत्युदर शून्य भए पनि यो महिना बढेकाले यसप्रति सबैलाई सचेत रहन उनले आग्रह गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar