२४ असार,काठमाण्डौ – नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक शुरु भएको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा दुई पक्षीय कार्यदलको वार्ता शुरु भएको हो । वार्ताअघि नेता भीम रावलले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । वार्ताअघि उनी माधव निवास कोटेश्वर पुगेर छलफल गरेका थिए ।
रावल कोटेश्वरबाट फर्केलगत्तै अहिले वार्ता जारी छ । हिजो दिउँसो नेताहरूले विवाद समाधान उन्मुख भएको बताउँदै आजसम्ममा सहमति हुने बताएका थिए । एकताको प्रयासका लागि बुधबार साँझ नै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले २ घण्टा लामो भेटवार्ता गरेका थिए ।
होटल मेरियटमा भएको वार्ता सकारात्मक भएको र त्यसबाट दुबै पक्ष एकताको पक्षमा देखिएको एमालेका दोस्रो तहका नेताहरुले बताएका थिए । मेरियट वार्ताले तय गरेका आधारहरुबारे कार्यदलमा छलफल हुने र निष्कर्ष निकालिने नेताहरुले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar