२४ असार,काठमाण्डौ – आर्थिक अनियमितता गरेको आरोपमा नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाईंलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिंह दल गणबाट लेबनान मिसनमा रहेका बेला उनले अनियमितता गरेको भन्दै सैनिक प्रहरीले कर्णेल चापागाईंलाई नियन्त्रणमा लिएको हो । जंगी अड्डा स्थित सैनिक प्रहरीका हिरासतमा राखेर सेनाले उनीमाथि छानविन गरिरहेको छ ।
अनुशासन र आचरण विपरितको कसुरमा कर्णेल चापागाईंमाथि छानविन भइरहेको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले बताए । ‘छानविनको नतिजा छिट्टै आउला’सैन्य प्रवक्ता पौडेलले जानकारी दिए । कर्णेल चापागाईंमाथि शान्ति सेनामा हुदा अनियमितता गरेको आरोप छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar