२४ असार,धादिङ – धादिङको गजुरीमा कार्यरत सब इन्जिनियर विनोद सापकोटा घुससहित अख्तियारको नियन्त्रणमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सामाजिक विकास मन्त्रालय वाग्मती, प्रदेश अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई, गजुरीमा कार्यरत सव इन्जिनियर विनोद सापकोटालाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
सापकोटाले खेलकुद मैदान निर्माण सम्पन्न पश्चात धरौटी बापतको रकम फिर्ता लिन गएका सेवाग्राहीसंग जवरजस्त रु.२० हजार घुस दिनुपर्छ भन्दै रकम मागेका थिए । यद्धपी सेवाग्राहिले सव इन्जिनियर सापकोटाबारे अख्तियारसंग सहकार्य गरी पक्राउ गरिएको हो ।
अख्तियार कार्यालय टंगालबाट गएको टोलीले उनलाई घुससहित पक्राउ गरको हो । उनी करारमा कार्यरत कर्मचारी हुन् । उनलाई थांक्रे २ हुलाकडाँडाबाट पक्राउ गरिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar