२४ असार,काठमाण्डौ – सेयर बजार परिसुचक पुन ओरालो लागेको छ ।
अघिल्लो दिन पाँच दसमलव २४ अंकले ओरालो लागेको बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार पुन १६ दसमलव ८७ अंकले ओरालो लागेर २८ सय एक दसमलव १३ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव पाँच अंकले ओरालो लागेर पाँच सय २५ दसमलव २४ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४६ हजार एक सय ८३ पटकको कारोवारमा एक करोड १६ लाख ६४ हजार दुई सय सात कित्ता सेयर खरिद भएका छन् । जसबाट आज कुल कारोवार रकम चार अर्ब ५८ करोड ५८ लाख ६१ हजार नौ सय ७६ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोवार भएका कुल उपसमुहरु मध्ये दुई वटा उपसमुहको सुचक उकालो लागेका छन् भने ११ वटा उपसमुहको सुचक ओरालो लागेका छन् । जसमध्ये बिकास बैंक र लघुबित्त उपसमुहको सुचक बढेका छन् भने बाणिज्य बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि क्रमश ओरालो लागेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar