२३ असार,काठमाण्डौ – गायिका अन्जु पन्तको स्वरमा नयाँ गित प्रयोगशाला बनिदिएको छ मेरो यो जिन्दगी सार्वजनिक भएको छ ।
लामो समयदेखी शिक्षण पेशामा रहेका धादिङ मलेखुका शिक्षक पुरुषोतम त्रिपाठीले आफ्नो युट्युव मार्फत नयाँ गित प्रयोगशाला सार्वजनिक गरेका हुन् । गितमा अन्जु पन्तको स्वर रहेको छ भने संगीत राजु सिंहको रहेको छ ।
त्यस्तै शब्द पुरुषोत्तम त्रिपाठी स्वयम्को रहेको छ भने फनिन्द्र राईले एरेन्ज गरेका छन् । उक्त गित पर्पल रेकर्डिङ स्टुडियोमा सुमन खड्काले रेकर्ड गरेका हुन् भने दिपेश प्रधानले मिक्सिङ्ग गरेका छन् ।
उक्त गितको एक नर्मल भिडियो युट्युवमा अपलोड गरिएपनि स्पेशल भिडियो भने निर्माणको चरणमा रहेको त्रिपाठीले जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar