२२ असार,कालिकोट – कालिकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
आज मंगलबार विहान, कालिकोटको रास्कोट नगरपालिका ५ को सन्नीघाटमा क १ ज २३ नम्बरको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी चार जना घाइतेसमेत भएका छन् ।
दुर्घटनामा ३६ बर्षीय पम्फा फडेराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उक्त, जिप रास्कोटबाट जितेगढा बजार आउँदै गर्दा दुर्घटनामा परेको हो । प्रहरीको अनुसार घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ।
१२ जना सवार जिप ओरालो सडकखण्डमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाई छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar