२१ असार,काठमाण्डौ – कोरोना भाइरस (कोभिड – १९) का कारण रोकिएको कक्षा १२ को परीक्षा आगामी साउन अन्तिममा सञ्चालन गर्न प्रस्ताव भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले शिक्षा मन्त्रालयसँग साउन भित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुमति मागेको हो । कोरोना संक्रमणको दर कम हुँदै गएका कारण स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न सकिने भएकाले बोर्डले मन्त्रालयसँग परीक्षा सञ्चालनको अनुमती मागेको हो ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले साउन तेस्रो अथवा चौथो साता परीक्षा सञ्चालन गर्न मन्त्रालयसँग अनुमति मागिएको बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar