• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ३, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

१४ घण्टा अघि
२

शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

१४ घण्टा अघि
३

भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

१ दिन अघि
४

रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा

१ दिन अघि
५

सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो

१ दिन अघि
६

मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित

१ दिन अघि
७

काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग

१ दिन अघि
८

टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

१ दिन अघि
९

मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

१ दिन अघि
१०

सकियो ‘पिआर’को छायांकन

१ दिन अघि
११

आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

२ दिन अघि
१२

रोकिएन सरकारी रकमको दुरुपयोग : एकै वर्ष झन्डै १ खर्ब बेरुजु थपियो

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • deuba and janardan ४

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १४ घण्टा अघि
  • oli with us ldr ५

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ६

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • bagmati pro photo ७

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ४ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    २ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • mohan bahadur basnet १०

    काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग

    १ दिन अघि
  • prev
    next

    अझै एक साता निषेधाज्ञा थपिने निस्चित

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ २०, आईतबार (३ साल अघि)
  • १२२५ पाठक संख्या
  • nishedhagya

    २० असार,काठमाण्डौ – (कोभिड – १९) संक्रमणको जोखिम कम गर्न काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ ।

    आइतबार बेलुका बस्ने काठमाडौं उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्ने भएको छ । अहिले जारी निषेधाज्ञा सोमबार मध्यरातसम्म कायमै छ । नेपाल प्रेससँग कुरा गर्दै काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका तीनै सीडीओहरुले एकसाता निषेधाज्ञा थप गर्ने कुरामा मतैक्य भएपनि थप क्षेत्रलाई खुलाउने बारे स्वास्थ्य मन्त्रालयको सुझावका आधारमा निर्णय गरिने बताए । आइतबार बेलुका अथवा सोमबार बिहान बस्ने तीन सीडीओको संयुक्त बैठकले थपिने निषेधाज्ञा अवधिमा कस्तो आदेश जारी गर्ने भन्नेबारे निर्णय गर्नेछन् । २५ सिटभन्दा कम क्षमताका सार्वजनिक यातायात र लामो दूरीको यातायात खुलाउनेबारे सीडीओहरुले छलफल गर्ने तयारी गरेका छन् ।

    ‘निषेधाज्ञा एकसाता थपिनेछ तर, सार्वजनिक यातायात खुलाउने भन्नेबारे स्वास्थ्य मन्त्रालयबाट प्राप्त सुझावमाथि छलफल हुनेछ अनि एउटा निष्कर्षमा पुग्छौं’ भक्तपुर सीडीओ प्रेमप्रसाद भट्टराईले भने, ‘अहिलेको स्थितीमा सार्वजनिक यातायात खुलाइहाल्ने योजना छैन ।’ काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुली र ललितपुर प्रजिअ ढुण्डीप्रसाद निरौलाले पनि सार्वजनिक यातायात खुलाउने कुरा स्वास्थ्य मन्त्रालयको सुझावमा निर्भर हुने बताए । थप क्षेत्र खुलाउनेबारे तीनैजना सीडीओहरु अलमलमा छन् ।

    २५ सिटभन्दा माथिको सार्वजनिक यातायातमा जोर–विजोरसहित अहिले पसलहरुलाई निश्चित समय खुल्न दिएर निषेधाज्ञा खुकुलो तुल्याइएको छ । निषेधाज्ञा लागु भैरहेपनि संक्रमण दरमा उल्लेखनीय गिरावट आएको छैन । संक्रमण दर स्थिर हुँदा यसले निषेधाज्ञा खुकुलो तुल्याउन थप चुनौति सिर्जना गरिरहेको छ ।

    यतिबेला सीसीएमसी र डीसीसीएमसीको ध्यान स्वास्थ्य मन्त्रालयतर्फ सोझिएको छ । अहिले जारी निषेधाज्ञा र प्रतिबन्धहरुलाई कसरी अगाडि बढाउने भन्नेबारे यी दुबै संयन्त्र स्वास्थ्य मन्त्रालयको सुझावको प्रतीक्षामा छन् । एकातर्फ यातायात व्यवसायी र अर्कोतर्फ स्वास्थ्य मन्त्रालयको दबाबको कारण यी दुबै संयन्त्रले निषेधाज्ञाबारे स्वतन्त्र निर्णय गर्न सकेका छैनन् जसले गर्दा निषेधाज्ञा थप्ने काम मात्र भैरहेको छ ।

    शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले संंक्रमण नघटेको कारण जोखिम कायमै रहेकाले सोहीअनुसार निर्णय हुने बताए । उनका अनुसार संक्रमण घटेका जिल्लामा सार्वजनिक यातायात खुलाउन अनुमति दिन सकिन्छ भने काठमाडौं उपत्यकामा तत्काल थप क्षेत्र खुलाउन अनुमति दिइनु जोखिमपूर्ण हुनसक्छ । ‘केस खासै घटेको छैन । जोखिम कायमै छ’ पौडेलले भने, ‘हामीले परिस्थिती अनुसारको सुझाव दिन्छौं । अहिले नै यस्तो भन्ने छैन । परिस्थिती हेरेर निर्णय लिने हो ।’ संक्रमण दर १० प्रतिशतमा घटेमा मात्र थप क्षेत्रहरु चरणबद्ध रुपमा खुलाउन अनुमति दिइने प्रवक्ता पौडेलको भनाई छ ।

    कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)सँग यातायात व्यवसायीहरुले २२ गतेदेखि लामो दूरीको यातायात खुलाउन माग गरेका छन् । बिहीबार सीसीएमसीका पदाधिकारीसँग भेट गर्दै उनीहरुले लामो दूरीको यातायातलाई तत्काल खुलाइनुपर्ने बताए । खुला नगरिए एकतर्फीरुपमा यातायात चलाउने पनि उनीहरुले बताएका छन् । सीसीएमसी प्रवक्ता कृष्णहरि पुष्करले संक्रमण दर हेरेर मात्र लामो दूरीको यातायात खुलाउन अनुमति दिइने बताए । ‘कुन क्षेत्रमा कति संक्रमित छन् र संक्रमण दर कति छ भन्ने स्वास्थ्य मन्त्रालयको ब्रिफिङको आधारमा अघि बढ्न हामीले डीसीसीएमसीहरुलाई सुझाव दिएका छौं’ प्रवक्ता पुष्करले भने ।

    अहिले निजी सवारी साधन जोर बिजोर र २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायातलाई चल्न दिइएको छ । आन्तरिक जहाजलाई पनि ५० प्रतिशत अकुपेन्सीमा उड्न दिइएको छ । अत्यावश्यक बाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइएको छ । तर, निषेधाज्ञा खुकुलो भएसँगै सवारी पास लिएर उपत्यका प्रवेश गर्नेहरुको घुइँचो लाग्ने गरेको छ ।

    यातायात व्यवसायीले २२ गतेदेखि सबैखाले सार्वजनिक सवारी साधन संचालन गर्न प्रशासन र सीसीएमसीलाई दबाब दिएका छन् । अनुमति नपाए एकतर्फीरुपमा भएपनि यातायात खुलाउने उनीहरुको चेतावनी छ । तर, सीडीओहरु आदेश नमान्नेविरुद्ध कानून अनुसार अगाडि बढ्ने तयारीमा छन् । भक्तपुरका प्रजिअ भट्टराईले कानूनलाई सबैले मान्नुपर्ने र अवज्ञा गर्नेविरुद्ध कानून अनुसार अघि बढ्ने बताए । सार्वजनिक यातायातसहितका थप क्षेत्र तत्काल खुल्ने सम्भावना नरहेको संकेत गर्दै उनले आदेशलाई पालना गर्नु सबैको दायित्व हुने बताए ।

    शनिबार काठमाडौं उपत्यकामा ३७६ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा २४६, ललितपुरमा ८१ र भक्तपुरमा ४९ जना संक्रमित थपिएका छन् । संक्रमण संख्या घटेको देखिएपनि संक्रमण दर भने घटेको छैन बरु स्थिर छ । २६ जिल्लामा अझै पनि सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ । काठमाडौंको सक्रिय संक्रमित संख्या ५ हजार ५१, भक्तपुरको १ हजार २१० र ललितपुरमा १ हजार ६९४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मुलुकमा २ हजार ३२८ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १३३ (५८३७ पीसीआर र ४२९६ एन्टीजेन) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । शनिबार थप १९ जनाको मृत्यु भएको छ । ३०६६ जना संक्रमणमुक्त भएका छन् । सुनसरीमा १५१, मोरङमा १३५, कास्कीमा १४६ संक्रमित थपिएका छन् । सक्रिय संक्रमित ५०० भन्दा बढी हुने जिल्लाको संख्या घटेर ११ मा सीमित भएको छ ।

  • subhayug
  • काठमाण्डौ उपत्यका
  • निषेधाज्ञा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

  • शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

  • भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

  • रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा


  • समाचार
  • १

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि
    १४ घण्टा अघि

  • २

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 
    १४ घण्टा अघि

  • ३

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड
    १ दिन अघि

  • ४

    रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा
    १ दिन अघि

  • ५

    सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो
    १ दिन अघि

  • ६

    मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित
    १ दिन अघि

  • ७

    काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग
    १ दिन अघि

  • ८

    टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
    १ दिन अघि

  • ९

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी
    १ दिन अघि

  • १०

    सकियो ‘पिआर’को छायांकन
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    २ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

    subhayug
    २

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

    subhayug
    ३

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

    subhayug
    ४

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution