१९ असार, काठमाडौं । नेकपा एमालेका सदस्यहरूले असारभित्र सदस्यता नवीकरण गरिसक्ने निर्देशन दिने भएको छ। पार्टीका महासचिव ईश्वर पोखरेलले आगामी वर्ष वैशाखभित्र महाधिवेशन सक्ने गरी तयारी अघि बढाउन यस्तो प्रस्ताव गरेका हुन्।
शनिबार बालुवाटारमा भएको एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठकमा महासचिव पोखरेलले साउन ५ गतेभित्र पार्टीको सदस्यता अद्यावधिक भइसक्नुपर्ने भएकाले असार भरमा नवीकरणको काम सक्न प्रस्ताव गरेका हुन्। ‘असारमा नवीकरणको काम सक्ने गरी अघि बढ्नुपर्छ। विधान संशोधन प्रस्ताव अनुसार साउन ५ भित्र देशभरबाट सदस्यता अद्यावधिक भइसक्नुपर्ने छ,’ उनको भनाइ थियो, ‘वैशाख ३०, २०७९ मा कुनै पनि हालतमा महाधिवेशन गरी सक्नुपर्छ। कानुनी रूपमा पनि छिटो गर्नुपर्ने अवस्था रहेको छ। किनभने मंसिरमा हुने चुनाव र फागुनमा स्थानीय तहको निर्वाचन छ,’ उनले भने, ‘त्यसैले चुनाव सकिएपछि पार्टीलाई महाधिवेशन तर्फ लैजानुपर्छ।’हाल चलिरहेको बैठकलाई उनले एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघिकै हैसियतको भएको समेत दाबी गरेका थिए। ‘केन्द्रीय कमिटी बैठक जेठ २ मा जुन नेतृत्व थियो त्यसैको बैठक गर्दैछौँ,’ उनको दाबी छ।
पार्टी राजनीति असहज र उतारचढावबाट गुज्रिएको उनको भनाइ थियो। उनले पार्टीको सदस्यता नवीकरण गर्ने असार मसान्तको समयसीमा तोकिएको समेत बताए। ‘साउन ५ भित्र देशभरबाट सदस्यता अधावधिक भई सक्नुपर्ने छ। विधान संसोशन प्रस्ताव असार २५ भित्र मातहत कमिटीमा पठाउने र त्यसको सुझाव साउन १५ मा केन्द्रमा पठाई सक्नुपर्ने छ,’ उनको भनाइ थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar