१९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप अभियान निरन्तर चल्ने दाबी गरेका छन् ।शनिबार काठमाडौंमा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप लगातार आउने क्रम सुरु भएकाले निरन्तर खोप अभियान चल्ने दाबी गरे ।
खोप पाउन केही समय समस्या भए पनि मित्रराष्ट्रहरूसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको जिकिर गरे। भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अघि बढिसकेको ओलीको दाबी छ । कोभिडबाट जोगिन विगतमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने जस्ता उपाय रहेकामा अब खोपमार्फत कोरोना सर्न नपाउने स्थितिमा पुर्याउने जिकीर गरे ।
प्रधानमन्त्री ओलीले पहिले जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि क्रमश सबै नागरिकलाई खोप दिने दोहो¥याए । सरकारको प्रयासका कारण नेपालमा कोरोना महामारीको क्षति कम भएको दाबी गर्दै उनले खोप आउन थालेपछि थप सुरक्षित हुने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar