१७ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्को हप्ता राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने भएकी छन्। आजबाट सुरू हुन लागेको अधिवेशनको दौरान राष्ट्रपतिले सम्बोधन गर्ने कार्यव्यवस्था परामर्श समिति बैठकमा जानकारी गराइएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समितिलाई यस्तो जानकारी दिएका हुन् तर सम्बोधनको मिति टुङ्गो भएको छैन।’अर्को साता सम्बोधन गर्न सक्नुहुन्छ भनेर अध्यक्षले भने,’ राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले जानकारी दिए।राष्ट्रपतिको सम्बोधनका लागि सरकारले राष्ट्रपतिलाई सिफारिस गर्नुपर्छ। राष्ट्रपति कार्यालयको पत्र प्राप्त भएपछि सम्बोधनको मिति राष्ट्रिय सभा बैठकबाट तोकिनेछ।राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेसम्म राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेकी छैनन्। उनले यसअघि संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकी छिन्। संविधानको धारा ९५ मा राष्ट्रपतिले संसदमा सम्बोधन गर्न सक्ने प्रावधान राखिकएको छ।
संसद सचिवालयले राष्ट्रपतिको सम्बोधनका लागि सिटहरूको व्यवस्थापन गरिसकेको जनाएको छ। राष्ट्रिय सभा बैठक हल भित्रको बार हटाइएको छ। राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट सम्बोधनका लागि पत्र प्राप्त नभइसकेको बताए।’पत्र प्राप्त भएपछि कुन बैठकमा सम्बोधन गर्ने भन्ने टुङ्गो हुन्छु,’ फुयाँलले भने। संसद सचिवालयले सामाजिक दुरी कायम राखेर सम्बोधन गराउन सक्ने गरी सचिवालयले व्यवस्था गरेको जनाएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar