१६ असार,काठमाण्डौ – नेकपा एमालेको एकतालाई कायम राख्न प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली अझै लचक भएका छन् ।
हिजो मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीलाई एकढिक्का गर्न २०७५ साल जेठ २ को अवस्थामा फर्किने निर्णय गरेको हो । स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई २०७५जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जनाए ।
जेठ २ मा फर्किएसँगै नेकपा एमालेको २४१ जना सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।
त्यस्तै बैठकले सो केन्द्रीय कमिटीको बैठक आगामी असार १८ गतेका लागि बोलाउने निर्णय समेत गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar