१५ असार,काठमाण्डौ – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।
पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न सभामुख सापकोटाले पत्रकारहरुसँग अन्तरक्रिया गर्न लागेका हुन् ।
सभामुख सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विपक्षमा उभिदै आएका छन् । त्यसैगरी, अध्यादेशमार्फत गरिएका संवैधानिक नियुक्तिहरुको पनि सभामुख सापकोटाले विरोध गर्दै आएका छन् ।
दोस्रोपटक संसद विघटन भएपछि सापकोटाले ‘असाधारण निर्णय लिन सक्ने’ बताएका थिए ।सभामुखको सचिवालयका अनुसार आज (मंगलबार) दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख सापकोटाले सम्पादकहरूसँग अन्तरक्रियाको कार्यक्रम राखेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar