१५ असार,काठमाण्डौ – आजदेखि काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायात सञ्चालन हुन थालेको छ ।
सरकारले आज मंगलबार विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म जोर – बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात सञ्चालन गर्न दिइने निर्णय गरेपछी आजदेखी काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायात सञ्चालन हुन थालेको हो ।
कोरोना संक्रमण केही घट्दै गए पनि जोखिम अझै कायम रहेको भन्दै जोरबिजोर प्रणालीमार्फत स्वास्थ्य मापदण्ड अपनाएर मात्रै यातायात चलाउन दिइएको हो । सोमबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा थप गर्दै सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
अब २५ सीट क्षमता भएका सवारीहरु चल्न पाउने भएका हुन् । लामो दूरीका सवारी साधन भने अहिले सञ्चालन गर्न पाइने छैन । त्यस्तै, सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar