१४ असार,काठमाण्डौ – असार मसान्त सम्म बिकास बजेट सक्न दैनिक एक अर्ब भन्दा बढि रकम खर्च हुने गरेको छ ।
आर्थिक वर्ष समाप्तिको अन्तिम समयमा आएर हतारमा विकास खर्च बढाउन थालिएकोे महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको अन्तिम महिना असार लागेयताको दुई साताको अवधिमा पुँजीगत (विकास ) खर्च १३ अर्ब १९ करोड २३ लाख रुपैयाँ भएको छ ।
हालसम्म चालु आवकालागि विनियोजित कुल पुँजीगत खर्च लक्ष्यको जम्मा ४४ दशमलब ३९ प्रतिशत मात्रै खर्च भएको छ ।
चालु आवकालागि सरकारले कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ अनुमानित पुँजीगत खर्च विनियोजन गरेको छ । सो पुँजिगत खर्च मध्ये अहिलेसम्म ४४ दशमलब ३९ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । सरकारले विनियोजित बजेटको लक्ष्य भेट्न आगामी १८ दिन भित्रमा ५५ दशमलब ६१ प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने हुन्छ ।
यो लक्ष्य भेट्टाउन अझै सरकारले दैनिक अबौं रुपैयाँ विकास खर्च गर्नुपर्ने देखिन्छ । अन्तिम समयमा आएर जसरी पनि काम सम्पन्न गर्नुपर्ने चापमा परेको सरकारले विकास बजेट खर्च गर्नकालागि उहि पुरानै परम्परागत शैली अपनाई रहेको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ ।
नयाँ भेरियन्ट सहित दोस्रो लहरमा तिब्र रुपमा फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत १६ वैशाखदेखि जारी भएको निषेधाज्ञा अहिले पनि जारी रहेको छ । तर यसमा केही खुकुलो पारिएको छ । यस्तो अवस्थामा विनियोजित बजेटको चालु खर्च भने ७६.९४ प्रतिशत खर्च भएको छ ।
सरकारले चालु आर्थिक वर्षको संघिय बजेटमा पुँजीगत शीर्षकमा कूल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो ।
जसमा अहिलेसम्म १ खर्ब ५६ अर्ब ६६ करोड ११ लाख रुपैयाँ मात्र खर्च भएको देखिन्छ । अबको बाँकी १८ दिनमा १ खर्ब ९६ अर्ब २५ करोड ६४ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ । यो लक्ष्य भेटाउन अझै दैनिक १० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने देखिएको छ ।
समयमै सकिएको कामको भुक्तानी असारमा धेरै गरिने हुनाले अन्तिम महिनामा आएर धेरै बजेट खर्च भएको देखिने सरकारको दावी छ । यस्तो अवस्थामा अर्थविद्हरु भने आर्थिक वर्षको अन्तिममा आएर हतारमा बजेट सकाउन गरिने गुणस्तरहिन काम टिकाउ नहुने भएकाले आर्थिक वर्षको अन्तिममा खर्च हुने परम्परा रोक्नुपर्ने बताउन ।
अन्तिममा आएर हतारमा हुने विकासका काम गर्ने पुरानो शैलीमा परिवर्तन गर्नकैलागि अहिलेको नयाँ संवैधानिक व्यवस्था अनुसार अनिवार्य १५ जेठमा नै आगााी आवको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान विपरित सरकारले पुरानै किसिमले काम गर्दे आएको छ ।
विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि कोरोना महामारिले समयमा काम नसकिएको बहाना बनाउँदै आएको सरकारले आगामी १८ दिनभित्र कुल विनियोजित विकास बजेटको लक्ष्य भेटाउन अझै ५५ दशमलब ६१ प्रतिशत पूँजिगत खर्च गर्नुपर्ने हुन्छ । आर्थिक वर्ष समाप्तिको अन्तिम महिनाकम विकासे खर्चको दबाबमा परेको सरकारले हाल दैनिक अबौं रुपैयाँ बजेट हतारमा खर्च गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar