१४ असार,काठमाण्डौ – महान्यायाधिवक्ता रमेश बडालले चारदिनसम्म अदालतमा गालीको पुराण मात्र चलेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा विपक्षी पक्षको तर्फवाट बहसको सुरुमै महान्यायाधिवक्ता बडालले चारदिनसम्म अदालतमा गालीको पुराण मात्र चलेको बताएका हुन् । बहसमा महान्यायाधीवक्ता बडालले भने, ‘चार दिनसम्म अदालतमा गाली पुराण चल्यो। हामी गालीको जवाफ दिँदैनौँ । संवैधानिक र कानूनी विषयको जवाफ मात्रै दिन्छौँ ।’
रिट निवेदनमा विपक्षी बनाइएका राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सभामुखलाई १५ घण्टाको समय दिइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar