१४ असार,काठमाण्डौ – मनसुनी वायुको प्रभावका कारण आजपनि देशका अधिकांश स्थानमा उच्च वर्षाको सम्भावना रहेको छ।
देशको दक्षिणी भू – भाग नजिक रहेको मनसुनी न्युन चापीय रेखाका कारण सोमबार गण्डकी र प्रदेश १ को केही स्थानमा बिहानैदेखि पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार दिउँसो पनि देशभर बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको जनाएको छ। ‘प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ मौसम पूर्वानुमान महाशाखाले भनेको छ।
महाशाखाका अनुसार राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।
आज कोशी, कन्काई र यसका स–साना सहायक नदीमा बहाब केही बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने भएकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar