१३ असार,काठमाण्डौ – नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ ।
यसअघि पटकपटक स्थगित भएको बैठक आज आईतबार, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।
बिहान नौ बजेका लागि बोलाइएको भए पनि बैठक ढिलो सुरु भएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार नेताहरु आउन ढिला भएपछि केही ढिलागरी बैठक सुरु भएको हो ।
बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने उनले बताए । यसअघि जेठ अन्तिमसाता बसेको एमाले स्थायी समिति बैठक बीचैमा स्थगित भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar