१३ असार,काठमाण्डौ – प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजपनि सुनुवाइ हुँदैछ।
आज रिट निवेदकतर्फका कानून व्यवसायीको बहस सकिदैंछ । निवेदकतर्फका कानून व्यवसायीका लागि बहस गर्नका लागि संवैधानिक इजलासले तोकेको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट बाँकी छ ।
निवेदकतर्फका कानून व्यवसायीले प्रत्युत्तर बहसका लागि थप ३ घण्टा समय पाउनेछन् भने सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागि १५ घण्टा समय तोकिएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा(एमाले)का बरिष्ठ नेता माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाका १ सय ४६ जना सांसदहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र संसद पुर्नस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि सुनुवाइ भईरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar