कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा बन्दुक हमला गरिएको छ ।
भेनेजुएलाको सीमा छेउ उडान भर्ने क्रममा हेलिकप्टरमाथि गोली प्रहार गरिएको हो । हेलिकप्टरमा राष्ट्रपति इवान ड्यूक रक्षामन्त्री र आन्तरिक मामिला मन्त्रीसँग नर्टे डे सेन्टाडेर प्रान्तका लागि यात्रा गर्न लाग्दा यो आक्रमण भएको थियो ।
हेलिकप्टरमा सो प्रान्तका गर्भनर पनि सवार थिए । राष्ट्रपतिका प्रवक्ताका अनुसार हमलामा सबै सकुशल रहेका छन् । राष्ट्रपति इवान ड्यूकले आक्रमणलाई कायरताको संज्ञा दिँदै आफू हिंसा वा आतंकी हमलाबाट नडराउने प्रतिक्रिया दिएका छन् । उनले यस्तो हमला सामना गर्न कोलम्बिया निकै शक्तिशाली रहेको जिकिर गरे । साथै उनले यस हमलामा संलग्नलाई पहिचान गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् ।
स्थानीय पत्रिकाका अनुसार हेलिकप्टरमा बसेकाहरुले इन्जिनमा केही चिज ठोक्किएको आवाज सुनेका थिए । त्यतिबेला हेलिकप्टर जमिनबाट थोरै उचाईंसम्म मात्र उडेको थियो । राष्ट्रपतिमाथि हमलामा भएको क्षेत्रमा नेशनल लिब्रेसन आर्मी (ईएलएन) चरमपन्थीहरु सक्रिय रहेका छन् ।
ईएलएन देशको सबैभन्दा ठूलो बिद्रोही समूह हो जसलाई कोलम्बियाको साथै अमेरिका र यूरोपेली संघले पनि चरमपन्थी समूह घोषणा गरेको छ । सन् १९६४ मा यो विद्रोही समूह गठन भएको थियो । देशमा भूमि र धनको असमान वितरणबिरुद्ध लड्न यसको उद्देश्य रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar