१२ असार,खोटाङ – नेपाल पत्रकार महासंघ खोटाङ शाखाले जिल्लाका २६ जना क्रियाशिल पत्रकारहरुलाई महासंघको लोगो अंकित प्रेस ज्याकेट वितरण गरेको छ।
शुक्रवार सदरमुकाम दिक्तेलको भवनगैरास्थित महासंघको सम्पर्क कार्यालयमा बरिष्ठ पत्रकार कृष्ण आचार्य र महासंघका अध्यक्ष दिलिप खत्रीले पत्रकारलाई प्रेस ज्याकेट प्रदान गरेका हुन् ।
यसअघी कोभिड – १९ को महामारीमा पनि जोखिम मोलेर पत्रकारिता गरिरहेका पत्रकारलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री जुटाएर उपलव्ध गराउँदै आएको महासंघले, समाचार संकलनका क्रममा थप सहजता मिलोस् भनेर पत्रकारलाई पत्रकार महासंघको लोगो अंकित एप्रोन वितरण गरिएको पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्रीले बताए।
अध्यक्ष खत्रीका अनुसार महासंघको साधारण सदस्य लिएर पत्रकारिता गरिरहेका तथा महासंघको सदस्य नभए पनि पत्रकारितामा क्रियासिल पत्रकारलाई समेत प्रेस ज्याकेट प्रदान गरिएको छ। जिल्लामा महासंघका २६ जना साधारण सदस्य छन्। त्यस्तै छुट भएका पत्रकारलाई क्रमशः एप्रोन उपलव्ध गराइने पनि महासंघले जनाएको छ।
महासंघले हाल पत्रकार आपतकालीन सहायता कोष स्थापना गरेर सहयोग रकम जुटाउने अभियान सञ्चालन गरिरहेको छ। जिल्लामा क्रियासिल पत्रकारको हितमा उपयोग गर्नेगरी स्थापना गरिएको आपतकालीन सहायता कोषमा हालसम्म ११ लाखको हाराहारीमा सहयोग रकम संकलन भइसकेको अध्यक्ष खत्रीले बताए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar