९ असार,काठमाण्डौ – प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको नियमित सुनुवाइ आजबाट हुँदैछ ।
संवैधानिक इजलासले सुरुमा कांग्रेस सभापति शेरबहादुर देउवाको मुद्दाको सुनुवाइ गर्ने र त्यसपछि बाँकी रहेका २९ रिटको सुनुवाइ गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आजबाट देउवा पक्षका वकिलहरूले बहस गर्नेछन् ।
संवैधानिक इजलासले जेठ २६ गते विपक्षीका नाममा लिखित जबाफ माग गर्दै १५ दिनपछि नियमित सुनुवाइ गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले देउवाको मुद्दाको परिणामबाट अरू मुद्दा पनि सम्बन्धित हुने भएकाले एउटा एकातिर अरू मुद्दा २९ वटा अर्कातिर राखेर सुनुवाइ हुने बताएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar