८ असार,काठमाण्डौ – मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
आज मंगलबार सर्वोच्च अदालतमा मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमाथी सुनुवाइ हुँदै छ । सोहि सुनुवाई अघी सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्द हुने छ ।
गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।
कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक हुने भन्दै रिट निवेदकले अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाउँदै मन्त्रिपरिषद पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar