७ असार,काठमाण्डौ – नेकपा एमाले माधव नेपाल निकट युवा संघका कोषाध्यक्ष दिपक दुवाडीले केपी शर्मा ओली पक्षले भ्याकेटमा जाने निर्णय गरेर एमाले एकता भङ्ग गर्ने दिशामा लागेको प्रस्ट भएको बताएका छन् ।
सोमबार, साँझ शुभयुग मिडियासंगको कुरा गर्दै युवा संघका कोषाध्यक्ष दुवाडीले, कर्णाली प्रदेशका सांसदको पुनर्बहालीविरुद्ध प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले भ्याकेटमा जाने निर्णय गरेबाट पार्टी एकता भङ्ग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट भएको बताएका हुन् । कोषाध्यक्ष दुवाडीले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले जिम्मेवार भएर पार्टी एकता बचाउन लचक भएर प्रस्तुत हुँदासमेत केपी ओलीले त्यसलाई कमजोरीका रूपमा लिएजस्तो देखिएको भन्दै ओली पार्टी एकताको बिरुद्धमा रहेको पुष्टि भएको समेत बताए ।
नेता नेपालले कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि अन्य बिषयमा समेत बहश गरी पार्टी एकता गर्न अग्रसर भैरहँदा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीको फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भङ्ग गर्ने दिशामा लाग्न खोजिएको प्रस्ट बुझ्न सकिने दुवाडीले बताए ।
‘माधव नेपाल निकटका स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो ‘ दुवाडीले भने ।
दुवाडीले केपी ओली सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध लागेको आरोप पनि लगाउदै वार्ता गर्ने आफ्ना नेताहरूलाई सावधान हुन समेत सुझाएका छन् ।
बार एसोसिएसनका उपाध्यक्षसमेत रहेका अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले आज ओली र पार्टीका तर्फबाट केन्द्रीय समिति नै महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण भएको जिकिरसहित सर्वोच्चको आदेश बदरको माग गर्दै निवेदन दर्ता गराएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar