७,असार,धादिङ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनितिक परिणामले प्रधानमन्त्री केपी शर्मा ओली पतनको बाटोमा गएको बताएका छन् ।
सोमबार,पत्नी सीता दाहाल सँग चितवन जाने क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका विशालटारमा कार्यकताहरु सँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पतनको बाटोमा गएको बताएका हुन् ।
त्यस्तै अध्यक्ष प्रचण्डले पछिललो राजनितीक घटनाको समेत खुलासा गरेका छन् । उनले ओलीले भर्ती गरेका २१ जना मन्त्रीको पद मंगलबार जाँने अवस्थामा रहेकोसमेत बताए । त्यस्तै उनले एमाले बरिष्ठ नेता माधव नेपाल र अध्यक्ष केपी ओली एकै ठाउँमा रहन नसक्ने पनि बताए । प्रधानमन्त्रीओली देश द्रोही हुन् भन्दै प्रचण्डले कार्यकर्ताहरुसँग भलाकुसारी पनि गरेका थिए ।
कार्यकर्ताहरु सँग कुराकानी गर्दै प्रचण्डले भने -‘मैले पाएको सूचना अनुसार संभवतः असार ८ गते मंगलबार सर्वोच्चले असंवैधानिक रुपमा ओलीले नियुक्त गरेका २१ जना मन्त्रीहरुको पद खारेज हुँदैछ । चुरे सिध्याउने ढुङ्गा गिटी बालुवा प्रकरण, नागरिकता विधेयक सर्वोच्चले खारेज गरे सँगै ओलीको मोरल डाउन भैसकेको छ । अब जेष्ठ २ गते मै एमालेलाई फर्कने लचकता देखाएपनि माधव नेपाल ओली सँग बस्दैनन् ।’
उनले थपे – ‘हिजो मात्रै नेपाल कमरेड सँग बसें हाम्रो गठबन्धन संविधान रक्षार्थ हो, नेपालले ओली सँग रहन नसक्ने जानकारी गराउनु भएकोले ओली सिद्धिए माधव नेपाल जीहरुले संसद पुनरस्थापना हुनासाथ नाम जे रहला नयाँ पार्टी खोल्नु हुन्छ तमाम एमाले कार्यकर्ताहरु नेपाल सँगै आउनु हुनेछ ।’
आधा घण्टा कार्यकर्ता सँग छलफलमा रहेका प्रचण्डले भने – ‘ओली देशद्रोही हुन् आम पार्टी कार्यकर्ताले बुझ्नु होला चुनाव गर्न मिति घोषणा गरेका होईनन् यो त ओलीको चाल हो । संसद पुनरस्थापना हुन्छ, शेरवहादुर देउवा गठबन्धनको तर्फबाट प्रधान मन्त्री बन्नु हुनेछ ।’
बिशालटारमा गाडीबाट ओर्लना साथ पुर्व जनमुक्ति सेनासंग तथा गाउँपालिका अध्यक्ष पीत्तबहादुर डल्लाकोटी हरिसंग धादिङमा कोभिडको अवस्थाबारे जानकारी समेत लिएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar