७ असार,बुटवल – निषेधाज्ञाको क्रममा नक्कली पास जारीगरी उल्लंघन गर्ने चार जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोरोना संक्रमणको दोश्रो लहर बढेसंगै सरकारले जारी गरेको निषेधाज्ञामा नक्कली पास बनाएर हिँड्ने ४ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ पर्नेहरुमा गुल्मी धुर्कोट नगरपालिका ७ स्थाई घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका ११ बस्ने २७ वर्षिय बिनोद घिमिरे, बुटवल उपमहानगरपालिका ११ का ५३ वर्षिय रोलक बहादुर बुढाक्षेत्री र गुल्मी मुसिकोट नगरपालिका ७ का २७ वर्षिय विपिन काफ्ले रहेको जिप्रका रुपन्देहीले जनाएको छ । उनिहरुले निषेधाज्ञाको अवज्ञा गरी नक्कली पास बनाई सवारी साधन चलाउने र सर्वसाधारणमा भ्रम पैदा गर्ने गरेको प्रहरीको आरोप छ ।
त्यस्तै पक्राउ परेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिइ जनही पचास हजार जरिमाना तिराएको समेत प्रहरीले जनाएको छ। यस्तै बुटवल उपमहानगरपालिका १२ का ३९ वर्षिय मनोज गैरेलाई नियन्त्रणमा लिई ५ हजार जरिवाना लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य थापाले बताए ।
नक्कली पास बनाई बेच्ने र सो कार्य गर्न सहयोग गरी कोभिड–१९ नियन्त्रण अध्यादेश २०७८ को दफा ३९ विपरित हुने गरी कार्य गरेकोले उनीहरुलाई सोही अध्यादेशको परिच्छेद ५ को दफा १९ को उपदफा २ बमोजिम सजाय तथा जरिवाना गरिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar