७ असार,काठमाण्डौ – कुमारी बैंकले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका क्षेत्रका बाढी प्रभावितलाई सहयोग गरेको छ ।
बैंकले ३ सय थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५ सय कम्बल, महिलाहरू तथा शिशुहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीका साथै अत्यावश्यक औषधिहरू प्रदान गरेको जनाएको छ ।
उक्त राहत सामग्री बैंकको मेलम्ची शाखा प्रमुख बिनोद भक्त श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याललाई हस्तान्तरण गरेको जनाइएको छ ।
बैंकले बिपतको बेला आम नागरिकलाई सहजता पु¥याउनको लागि राहत प्रदान गरेको पनि जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar