६ असार,विराटनगर – मोरङबाट ७ लाख नगद र गाँजासहित ६ जना पक्राउ परेका छन् ।
आईतबार, मोरङ प्रहरीले १८ किलो गाँजा र ७ लाख १९ हजार ८ सय नगदसहित ६ जनालाई विराटनगरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा तीन जना भारतीय छन् ।
पक्राउ पर्नेहरुमा सुनसरीको देवानगन्ज १ का ४० वर्षीय उमेश यादव, धरान उपमहानगरपालिका १३ सुम्निमा चोकका ४५ वर्षीय सूर्य राई र धनकुटाको सहिदभूमि गाउँपालिका १ का ३२ वर्षीय रुद्र राई रहेका छन् । यस्तै, भारतको अररिया फार्बिजगन्जका १९ वर्षीय सोनुकुमार यादव, अररिया पिप्राघाट विसनपुरका २८ वर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुरका ३० वर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार पक्राउ परेका हुन् ।
को १ च २४१२ नम्बरको मारुती भ्यानमा जाँदै गरेका बेला सुरक्षा जाँच गर्ने क्रममा उनीहरुको साथबाट ७ लाख १६ हजार ६ सय र भारतीय रुपैयाँ २ हजार गरी कूल ७ लाख १९ हजार ८ सय बरामद भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।
उनीहरुलाई अनुसन्धान गर्ने क्रममा बरामद भएको रकम गाँजा खरिद बिक्रीको भएको खुलेको उनले बताए । त्यसपछि अनुसन्धान गर्दै जाँदा उनीहरुले विराटनगर ६ रामपुरस्थित झाडीमा लुकाएर राखेको १८ किलो गाँजासमेत बरामद भएको छ । पक्राउ परेका ६ जनाविरुद्ध लागूऔषध कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी राईले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar