६ असार,धादिङ – धादिङका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४० हजार नगद सहित रङ्गेहात पक्राउ परेका छन् ।
आईतबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले निलकण्ठ सवडिभिजन वन कार्यालयका प्रमुख पौडेललाई कार्यकक्षबाटै ४० हजार नगद सहित रङ्गेहात पक्राउ गरेको हो । उजुरी निवेदनको आधारमा स्ट्रील अपरेशनमा कार्यालय प्रमुख पौडेल रङ्गेहात पक्राउ गरिएको आयोग प्रवक्ता सहसचिव नारायण प्रसाद रिसालले बताए ।
‘केही दिन अघि फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्न कागजात माग गरिएको रहेछ’ प्रवक्ता रिसालले भने, ‘त्यहि मुद्धा मिलाउन भन्दै सहायक वन अधिकृत पौडेलले ४० हजार घुष लिएको रकमसहित पक्राउ गरिएको हो ।’
पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कार्बाही हुने आयोगका प्रवक्ता रिसालले जानकारी दिए ।
पक्राउ परेका पौडेलले गत कात्तिकदेखि निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar