५ असार,धादिङ – अविरल बर्षासंगै गएको पहिरोले डोजर पुर्दा उत्तरी धादिङको सेर्तुङमा दुई जना बेपत्ता भएका छन् ।
अविरल वर्षासंगै शुक्रबार साँझ ६ बजे रुविभ्यालि गाँउपालिकास्थित् सेर्तुङमा सडक खन्ने क्रममा पहिरो जाँदा डोजरसहित २ जना बेपत्ता भएका हुन् । धादिङबेसी – तिप्लिङ सडकअन्तर्गत आदा खोलामा पहिरोले डोजर पुर्दा एक स्थानिय युवा र डोजर चालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बेपत्ता दुवैको खोजी भइरहेको जानकारी दिएका छन् । प्रहरी उपरीक्षक खड्काका अनुसार बेपत्ता हुनेमा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका २३ वर्षिय राजु पराजुली र सहचालक रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ लापाका २० वर्षिय जोजो तामाङ रहेका छन् ।
डोजर खोलामा माटोले पुरिएको अवस्थामा केही भाग देखिएकाले त्यसतर्फ जाने तयारी भईरहेको प्रहरी उपरिक्षक खड्काले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar