४ असार,काठमाण्डौ – सरकारले निषेधाज्ञालाई आफ्नो सत्ता जोगाउने अस्त्रका रूपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले आरोप लगाएको छ ।
बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले निषेधाज्ञालाई सरकारले आफ्नो सत्ता जोगाउने रक्षा कवच बनाएको आरोप लगाएको हो । बैठकबारे जानकारी गराउँदै कांगेस सहमहामन्त्री प्रकाशशरण महतले सरकारकै उदासिनता र अर्कमण्यताको कारणले कोभिड १९ को विस्तार भएको र निषेधाज्ञा गर्नुपर्ने स्थिति आएको बताए । ‘लकडाउनको अवस्थामा नागरिकहरु जति नै सरकारसँग असन्तष्ट भएपनि सडकमा निस्किन सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यसलाई उहाँहरुले आफ्नो सत्ता जोगाउने कवचको रुपमा लकडाउनलाई लिइरहनु भा’छ ।’
कांग्रेसले बन्दका कारण साना, मझौला व्यवसायीले भोग्नुपरेको मर्कालाई ध्यानमा राखी ब्याजदरमा राहत, भाडामा राहत सहयोग तथा पुनर्कर्जाको व्यवस्था सुनिश्चित गर्न पनि माग गरेको छ । कांग्रेसले आमजनतालाई कोरोनाविरुद्धको खोपको सुनिश्चितता गर्न माग गर्दै मित्रराष्ट्रले गरेको सहयोगको घोषणालाई स्वागतका साथ जतिसक्दो खोप सहयोग उपलब्ध गराउन अनुरोध पनि गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar