२ असार,काठमाण्डौ – लगातारको वर्षासँगै देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण प्रभावित भएकाहरुको उद्धार तथा राहत कार्यलाई तीव्र पार्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।
बुधबार बिहानै मन्त्रालयमा गृहमन्त्री खगराज अधिकारी र सुरक्षा निकायका प्रतिनिधिसहितको बैठक बसेर राहत तथा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।
गृह पदाधिकारीका अनुसार उद्धार तथा राहतका लागि हेलिकप्टर तयारी अवस्थामा छन् । आवश्यक परेका ठाउँमा हेलिकप्टरबाट उद्धार तत्काल सुरु हुने गृह मन्त्रालयले जनाएको छ । सुरक्षा निकायलाई पनि उद्धार तथा राहतका लागि खटिन गृह मन्त्रीले निर्देशन दिएको जनाइएको छ ।
लगातारको वर्षाका कारण सिन्धुपाल्चोक, मनाङसहितका जिल्लामा बाढी तथा पहिरोले ठूलो क्षति गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar