१ असार,काठमाण्डौ – निर्वाचन आयोगले गरेको निर्णयप्रति जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि जनाएका छन् ।
अध्यक्ष यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण भएको बताउँदै असन्तुष्टि जनाएका हुन् ।
मंगलबार विज्ञप्ति जारी गर्दै उनले राजनीतिक दलको बहुमको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको भन्दै विरोध जनाएका छन् ।
उनले आयोग आफ्नो संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको भन्दै यसले पार्टीमा अनुशासनहीनता बढ्ने बताएका छन् । यादवले आयोगको निर्णयका विरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने पनि बताएका छन् । यादव पक्षका कार्यकारिणी सदस्य महेन्द्र राय यादवले न्यायको लागि अदालत जाने प्रतिक्रिया दिए ।
जसपाको निर्णय विपरित कार्य गरेको तथा पार्टीका अनुशासन उल्लघंन गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको थियो । त्यसपछि अध्यक्ष ठाकुरले पनि अर्का अध्यक्ष यादव लगायतलाई पार्टीबाट निष्काशन गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar