१ असार,काठमाण्डौ – आगामी बिहीबारसम्मको मौसम प्रतिकूल हुने भएको छ।
देशभर मनसुनी वायुका कारण पानी परिरहेकाले विभिन्न ठाउँमा बाढीपहिरोको जोखिम पनि बढेको छ । विशेषगरी नदी छेउका वस्तीमा बाढी र पहाडी भुभागमा पहिरोका घटना हुनसक्ने भएकाले सचेत रहने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आह्वान गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो अवधिमा देशका धेरै स्थानमा पानी पर्नेछ। त्यसमा पनि प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी पानी पर्ने देखिन्छ।
मंगलबार बिहान गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा पानी परेको छ। प्रदेश २ का केही स्थानमा भारी वर्षा भइरहेको छ। दिउँसो प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना छ। राति गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको आँकलन गरिएको छ।
बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी पानी पर्ने देखिन्छ। बिहीबार दिउँसो बागमती, गण्डकी र लुम्बिनी तथा राति प्रदेश १ र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुनेछ। बाँकी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar