३१ जेठ,काठमाण्डौ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।
सोमवार साँझ पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न काँग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले बरिष्ठ नेता नेपाल निवाश पुगेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ। सभापति देउवा, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता जारी रहेको नेता नेपालको सचिवालयले जनाएको छ।
साँझ पौने ६ बजे शुरू बैठकमा जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन्। यसअघि विपक्षी गठबन्धनको बैठक प्रायः देउवाको निवासमा बस्ने गरेकोमा आज नेपालको निवासमा बसेको हो।
नेता नेपालसँगको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले असार २ मा बोलाएको स्थायी कमिटी बैठकमा आफ्ना समूहका सदस्यलाइ नपठाउन र आफू पनि नजान अनुरोध गरेको बुझिएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar